Section 16
अपराधी ठहरिएको व्यक्तिलाई सार्वजनिक रूपमा निन्दा गर्ने

अन्तिम निर्णय भैसकेपछि यस ऐन अन्तर्गत अपराधी ठहरिएको व्यक्तिको नाम, ठेगाना र निजले गरेको अपराध तथा सजायको प्रकृति खोली प्रकाशित गराउन व्यापक सार्वजनिक हितको लागि उपयोगी हुन्छ भन्ने देखिएमा अन्तिम निर्णय गर्नेले समाचारपत्र वा अन्य कुनै माध्यमबाट प्रकाशित गराई सार्वजनिक रूपमा निन्दा गर्ने निर्देश दिन सक्नेछ ।